काठमाडौं–चितवन र विराटनगर–कर्णाली: अंक तालिकामा आज निर्णायक खेल हुने
  • प्रमुख खबर

मंसिर १२, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबार(आज) हुने खेलले दर्शकलाई रोमाञ्चक क्रिकेटको अनुभव दिलाउने छ।

त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौंले सिजनको पाँचौं खेल खेल्दैछ भने कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको यो चौथो खेल हो।

दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल जितेका छन् र अंक तालिकामा ४–४ अंकसहित समान रूपमा छन् ।

विषेशगरी आजको विजेता टोलीले प्लेअफको सम्भावना निकै बलियो बनाउनेछ। तर काठमाडौंको रनरेटमा भने अझै सुधारको खाँचो देखिएको छ।

दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर फेरि जितको अपेक्षासहित मैदानमा फर्किने योजना बनाउँदै छ।

लगातार तीन खेलमा जित हात पारेको विराटनगर यसअघि चितवनसँग पराजित भएपछि आजको खेलमा आफ्नो दबदबा देखाउन चाहन्छ।

त्यस्तै सोमपाल कामी नेतृत्वको कर्णाली याक्सले भने आजको खेललाई आफ्नो पोल्टामा पर्ने कोसिस गर्दै मैदान उत्रदै छन्।

तीन खेल खेल्दा एक मात्र जीत निकालेको कर्णाली २ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्