प्लेअफको दबाबमा लुम्बिनी विराटनगर भने शीर्ष तीन सुरक्षित गर्न मैदानमा उत्रँदै
  • प्रमुख खबर

Oplus_131072

मंसिर १७, काठमाडौं ।।
नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा बुधबार (आज)को खेल निकै रोमाञ्चक हुने
भएको छ ।

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्स र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स आज त्रिवि क्रिकेट रंगशालामा आमनेसामने हुँदैछन् ।

खेल दिउँसो ठीक ४ बजे सुरु हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् । विराटनगर हालसम्म दमदार फर्ममा देखिएको छ ।

पाँच खेलमध्ये चार जित्दै ८ अंकसहित विराटनगर अंकतालिकाको तेस्रो स्थानमा मजबुत रूपमा उभिएको छ ।

आजको खेलमा दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु प्लेसिस विराटनगरका लागि मैदान उत्रिने सम्भावना रहेकोले दर्शकको उत्साह झनै बढेको छ ।

यता लुम्बिनी लायन्स भने प्लेअफको दौडमा टिकिरहने संघर्षमा छ । पाँच खेलमध्ये मात्र २ जित हात पारेको लुम्बिनी ४ अंकसहित छैटौं स्थानमा छ ।

आज हार व्यहोरेमा लुम्बिनीको प्लेअफ सपना गम्भीर संकटमा पर्न सक्छ । त्यसैले आजको खेल लुम्बिनीको लागि महत्पूर्ण हुनेछ ।

आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएलमा कर्णाली एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।

हिजो भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेपछि कर्णालीको यात्रा टुंगिएको हो ।

यस्तै हिजो भएको अर्को खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्लेअफको झिनो आशालाई अझै जीवित राखेको छ ।

मंसिर १ गतेदेखि सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । अब हुने हरेक खेल प्लेअफको दृष्टिले निर्णायक बन्दै गएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्