मङ्सिर २०, काठमाडौँ
आगामी जुनदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा फिफा विश्वकप २०२६ सुरु हुनेछ। शुक्रबार सम्पन्न ड्रसँगै प्रतियोगिताको समूहचित्र स्पष्ट भएको छ। पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकपमा ६ स्थान भने अझै प्लेअफमार्फत भरिनेछन्।
प्लेअफबाट समूह ‘ए’, ‘बी’, ‘डी’, ‘एफ’, ‘आई’ र ‘के’ मा रहने एक–एक टिम तय हुनेछन्। विभिन्न महादेशीय प्लेअफका विजेता यी समूहहरूमा सहभागी हुनेछन्।

अर्जेन्टिना सहज समूहमा, फ्रान्स चुनौतीपूर्ण भागमा
साविक च्याम्पियन अर्जेन्टिना ‘जे’ समूहमा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग परेपछि यसको समूहलाई अपेक्षाकृत सरल मानिएको छ।
अघिल्लो संस्करणको उपविजेता फ्रान्स भने ‘आई’ समूहमा सेनेगल, नर्वे र फिफा प्लेअफ–२ बाट आउने टोलीसँग भिड्नेछ।
- समूह ‘ए’ – मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, युरोपेली प्लेअफ ‘डी’ विजेता
- समूह ‘बी’ – क्यानाडा, युरोपेली प्लेअफ ‘ए’ विजेता, कतार, स्विटजरल्यान्ड
- समूह ‘सी’ – ब्राजिल, मोरेक्को, हाइटी, स्कटल्यान्ड
- समूह ‘डी’ – अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्लेअफ ‘सी’ विजेता
- समूह ‘ई’ – जर्मनी, क्युरासाउ, आइभरी कोस्ट, इक्वेडर
- समूह ‘एफ’ – नेदरल्यान्ड्स, जापान, युरोपेली प्लेअफ ‘बी’ विजेता, ट्युनिसिया
- समूह ‘जी’ – बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
- समूह ‘एच’ – स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
- समूह ‘आई’ – फ्रान्स, सेनेगल, फिफा प्लेअफ–२ विजेता, नर्वे
- समूह ‘जे’ – अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
- समूह ‘के’ – पोर्चुगल, फिफा प्लेअफ–१ विजेता, उज्बेकिस्तान, कोलम्बिया
- समूह ‘एल’ – इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा














