लगातार ओरालो लागेको सुन मूल्यमा आज वृद्धि, चाँदीको मूल्य पनि बढ्याे
  • प्रमुख खबर

पौष १८, काठमाडौं ।।
लगातार घटेको सुनको मूल्य शुक्रबार(आज) वृद्धि भएको छ । पौष १४ गतेदेखि लगातार घटेको सुनको मूल्यमा आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीमा समेत तोलाको १ सय १० रुपैयाँले वृद्धि भएको छ। चाँदीको मूल्यमा आएको वृद्धि सँगै आज तोलाको ४ हजार ५ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ । हिजो भने चाँदीको भाउ तोलाको ४ हजार ४ सय १५ रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्