पौष २३, काठमाडौं ।।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको समय परिवर्तन गरिएको छ।
मंगलबार(आज) बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकको मुख्य एजेण्डा राष्ट्रियसभा निर्वाचनको विषयमा केन्द्रित रहने स्रोतले जनाएको छ।
कांग्रेसले यस निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुंग्याउने तथा अन्य दलसँगको चुनावी तालमेलबारे निर्णायक छलफल गर्ने तयारी गरेको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटको विषयलाई लिएर नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा निरन्तर संवाद भइरहेको छ।
विषेशगरी राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको दलको हैसियतमा कांग्रेसले आफ्नो प्रभावकारी उपस्थिति सुनिश्चित गर्न रणनीतिक सहकार्यलाई प्राथमिकता दिएको छ।
आजको बैठकले कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ।










