गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी को को भए उम्मेदवार  
  • प्रमुख खबर

पोखरा, २३ पुस ।।

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । काँग्रेस र एमाले गठबन्धनबाट दुई जना, नेपाली कम्युनिस्ट पाटी दुई जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाको उम्मेदवारी परेको छ । पोखरामा रहेको प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरुले उम्मेद्वारी दर्ता गराएका हुन् ।

काँग्रेसका तनहुँका प्राडा जगत तिमिल्सिना, एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको छ । तिमिल्सिना प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भएर काम गरेका ब्यक्ति हुन् । देवकोटा भने यसअघिका पटक पटक निर्वाचनमा पराजित नेतृ हुन् ।
२०८० को निर्वाचनमा पनि उनी राष्ट्रिय सभा सदस्य उम्मेद्वार थिइन् । काँग्रेस र माओवादी गठबन्धनका कारण उनी पराजित भइन् ।
त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले मनाङका कपिल लामा र महिलामा कास्कीकी गोमा घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय जनमोचाबाट कास्कीका शंकर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेद्वारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्