नीति र नेतृत्वको निर्णायक बहस : कांग्रेस विशेष महाधिवेशन भोलिसम्म
  • प्रमुख खबर

Oplus_131072

पौष २८, काठमाडौं ।।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको बैठक भोलि मंगलबारसम्म लम्बिने भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि गहिरो छलफल चलिरहेकाले बैठक भोलिसम्म लम्बिने भएको हो।

विशेष महाधिवेशन प्रचार–प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार प्रतिवेदनमाथिको छलफल टुंगिएपछि मात्र नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।

उनले नेतृत्व चयनको औपचारिक प्रक्रिया भोलिदेखि सुरु हुने स्पष्ट पारे । महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने अर्का महामन्त्री थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

पार्टीको वर्तमान अवस्था, भविष्यको दिशा र राजनीतिक रणनीतिलाई समेट्ने यी दुवै दस्तावेजमाथि गहन बहस भइरहेको छ।

प्रतिवेदनमाथि छलफल गर्न महाधिवेशन प्रतिनिधिहरूलाई नौ वटा समूहमा विभाजन गरिएको छ। समूहगत छलफलबाट आएका सुझाव र निष्कर्षले पार्टीको आगामी नेतृत्व र नीतिगत दिशालाई निर्णायक रूपमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्