कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो, विशेष महाधिवेशनकै बीच सानेपामा छलफल
  • प्रमुख खबर

Oplus_131072

पौष २९, काठमाडौं ।।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। मंगलबार(आज)बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विशेष कारणले बैठकको समय परिवर्तन गरिएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रका समसामयिक विषयमा छलफल र निर्णयका लागि बैठक बोलाइएको बुझिएको छ।

यता कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ।

पार्टी सुधार, संगठनात्मक पुनर्संरचना र राजनीतिक एजेन्डामाथि केन्द्रित यो महाधिवेशनले कांग्रेसभित्र नयाँ तरंग सिर्जना गरिरहेको छ।

आज बोलाइएको बैठकमा भने महामन्त्रीद्वय थापा र शर्मा यी दुई पक्षधरका नेताहरू भने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन्।

एकातिर सानेपामा केन्द्रीय कार्यसमिति बैठक र अर्कोतिर भृकुटीमण्डपमा विशेष महाधिवेशनका कारण कांग्रेसको आन्तरिक राजनीतिले अहिले दुई केन्द्रबाट दिशा खोजिरहेको संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्