कांग्रेस विशेष महाधिवेशन: मनोनयन समय थपियो, १३ पदमा प्रतिस्पर्धा हुँंदै
  • प्रमुख खबर

Oplus_131072

पौष २९, काठमाडौं ।।
नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि उम्मेदवार मनोनयनको समय पुनः विस्तार गरिएको छ। पार्टीको विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक सीताराम केसीले मंगलबार(आज)दिउँसो ३ बजेसम्मका लागि तोकिएको मनोनयन समय साँझ ५ बजेसम्मको लागि लम्ब्याइएको जानकारी दिएका छन्।

सभापतिका लागि उम्मेदवारले न्यूनतम ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको लागि २५ हजार, सहमहामन्त्रीको लागि २० हजार साथै केन्द्रीय सदस्य पदका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकिएको छ।

पार्टीभित्रको छलफल र समझदारीको प्रक्रिया लामो समयसम्म चल्दा पनि सफल नहुँदा अन्ततः निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

विशेष महाधिवेशनमा कुल १३ पदाधिकारीका लागि उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ। यस अन्तर्गत सभापति, वरिष्ठ नेता, महासचिव, उपसभापति, कोषाध्यक्ष र अन्य पदाधिकारीहरूमा प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्