राष्ट्रिय मुक्ति पार्टीबाट विद्रोह गर्दै आएका सुमन सायमी नेकपासँग एकता गर्दै
  • प्रमुख खबर

Oplus_131072

पौष ३०, काठमाडौं ।।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच बुधबार(आज)औपचारिक रूपमा एकता हुँदैछ। उक्त एकता कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने भएको छ ।

सायमी यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीका रूपमा रहेका थिए। तर पार्टीसँग मतभेद बढेपछि विद्रोह गर्दै उनी नेकपासँग एकताका लागि अगाडि बढेका हुन्।

एकता सभामार्फत उनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपाको तर्फबाट उम्मेदवारी दिने तयारीसमेत सार्वजनिक गर्ने बताइएको छ।

वि. सं २०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७ सय ७० मत प्राप्त गरेका थिए।

त्यस्तै उनी २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका थिए।

सो निर्वाचनमा उनले ६ हजार १ सय ७९ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए।

५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन्। काठमाडौंका रैथाने समुदायबीच उनको पहिचान मजबुत छ। रैथाने संस्कृति, पहिचान र स्थानीय मुद्दालाई संरक्षण गर्न भन्दै उनले विभिन्न आन्दोलन र अभियान समेत सञ्चालन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्