कांग्रेसले आजै प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउँदै
  • प्रमुख खबर

माघ ०५, काठमाडौं ।।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज दिनभरमा उम्मेदवार छनोटको प्रक्रिया टुङ्ग्याइने बताए । आज बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा मनमा कुनै गुनासो नराखी एकढिक्का भएर लाग्न पार्टी पंक्तिलाई अपिल गरेका छन् ।

उम्मेदवार छनोट अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सभापति थापाले समयको चाप र कानूनी प्रक्रियाका कारण केही अप्ठ्यारो अवस्था आएको स्वीकार गरे । यद्यपि, पार्टीभित्र नयाँ–पुरानो सन्तुलन, समावेशिता र सबैलाई न्याय हुने गरी अधिकतम कोसिस भइरहेको उनको भनाइ छ ।

उनले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने अभियानमा जुट्न आग्रह गरे । चित्त नबुझेका कुरा भए पनि रूख चिह्न पाउने उम्मेदवारको पक्षमा सबै एकजुट भएर लाग्न थापाको अपिल छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्