गण्डकी निर्वाचन: मतदान कम भए पनि मतान्तर फराकिलो, गठबन्धनको शक्ति देखियो
  • प्रमुख खबर

माघ ११, पोखरा ।।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार
कांग्रेसका जगत तिमिल्सिनाले अन्य समूहका उम्मेदवार कपिल लामा र जनमोर्चाका शंकरप्रसाद बराललाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका छन्।

महिलातर्फ एमालेकी सम्झना देवकोटाले निकटतम प्रतिश्पर्धी गाेष्मा लुइँटेल घिमिरे र जनमोर्चाकी लक्ष्मी वास्कोटालाई पछाडि पार्दै सहज रूपमा विजयी हासिल गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त छन् भने उनका प्रतिद्वन्दि कपिल लामाले ९ सय ४१ मतभार मात्र प्राप्त गरेका छन्।

यता देवकोटाले महिला समूहमा ५ हजार १४ मतभार ल्याएकी छन्। प्रदेशसभातर्फ र स्थानीय तहतर्फ प्राप्त मतहरूले दुवै विजेताको जितलाई अझ बलियो बनाएको छ।

गण्डकीमा कुल २ सय २८ मतदाता रहेका थिए। प्रदेशतर्फ राप्रपाका दुई सांसद र स्थानीय तहतर्फ तीन प्रतिनिधिले मतदान गरेका थिएनन् । यस्तै केही प्रतिनिधि जेलमा रहेकाले निर्वाचनमा सहभागी हुन सकेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्