राष्ट्रियसभामा गठबन्धनको ‘क्लिन स्वीप’ — सातै प्रदेशमा कांग्रेस-एमालेको वर्चस्व
  • प्रमुख खबर

Oplus_131072

माघ ११, काठमाडौं ।।
आइतबार(आज) सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनले सबै सिट आफ्नो पक्षमा पारेको छ।

सातै प्रदेशमा भएको मतदानबाट गठबन्धनले ‘क्लिन स्वीप’ गर्दै राष्ट्रियसभामा बलियो उपस्थिति सुनिश्चित गरेको हो। उक्त निर्वाचनमा कांग्रेसले ९, एमाले ८ र लोसपाले १ सिट बाँडेका थिए।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ पदमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ बाहेक १८ पदका लागि आज चुनाव भएको थियो। तीमध्ये १ सिट निर्विरोध भइसकेकाले आज १७ सिटमा मतदान भएको हो।

यस मतदानमा सातै प्रदेशका जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता देखिएको थियो । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको थियाे ।

आयोगले दिएको मतपरिणामको नतिजा अनुसार विजयी भएका उम्मेदवारहरु यस प्रकार छन् :-
गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस
बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल, नेकपा एमाले
लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले
मधेश प्रदेश
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले
कोशी प्रदेश
१. सुनिलबहादुर थापा, नेपाली कांग्रेस(निर्विरोध निर्वाचित)
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले
कर्णाली प्रदेश
१. ललितजङ्ग शाही, नेपाली कांग्रेस
२. मीनासिंह रखाल, नेकपा एमाले
सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्