सुनचाँदीको भाउ उकालो लाग्दै तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार
  • प्रमुख खबर

माघ १२, काठमाडौं ।।

सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान कायम गरेको छ । चाँदी आज २ सय ८५ रुपैयाँले बढेर ताेलाकाे ६ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्