बोका राइडर्स परिवार द्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण
  • प्रमुख खबर

माघ १३, पोखरा ।।
पोखरामा अवस्थित बोका राइडर्स परिवार द्वारा पोखरा २५ हेम्जामा अवस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ ।

मानव सेवा आश्रम हेम्जामा गई आश्रमा अबस्थित सम्पूर्णलाई खाना खुवाई खाद्यान्न सामानहरू वितरण गरेको प्रभात थापाले जानकारी गराए ।

कार्यक्रममा बोका राइडर्सका सदस्यहरूको उपस्थितिमा लगभग रू. ९० हजारको खाद्यान्न सामानहरू वितरण गरिएको साथै यस संस्थाले विगतका दिनहरूमा पनि विभिन्न कार्यक्रमहरु यस्तै सहयोगका भावनाहरु आदानप्रदान गर्दै आएको बोका राइडर्सका सदस्य प्रभात थापाले जानकारी दिए।

यस्तो सहयोगको भावनाले खाद्यान्न सामग्रीहरू मानव सेवा आश्रमलाई प्रदान गर्न पाएकोमा बोका राइडर्स परिवारले खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यहरु सदा गरिरहने जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्