सुनको भाउ ‘आकाशिँदा’ बजार तातीतो, एकै दिन तोलामै ९ हजार ५ सयले वृद्धि
  • प्रमुख खबर

माघ १४, काठमाडौं ।।
नेपाली बजारमा सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार(आज) सुनको भाउ एकैदिन ह्वात्तै बढेर नयाँ उचाइमा पुगेसँगै यसले बजारमा तरंग फैलिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ।

हिजो मात्रै तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज मूल्यमा थप वृद्धि भएको हो ।

सुनसँगै चाँदीको भाउमा समेत वृद्धि भएको छ । चाँदी पनि तोलामा ४ सय ३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्