प्रतिनिधिसभा निर्वाचनका लागि १८ क्षेत्रका मतपत्र तयार
  • प्रमुख खबर

Oplus_131072

माघ १८, काठमाडौं ।।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतपत्र तयारीलाई तीव्रता दिएको छ ।

प्रत्यक्षतर्फका १५ जिल्लाका मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म १८ निर्वाचन क्षेत्रका मतपत्र तयार भइसकेका छन् ।

छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी रहेको छ भने दुर्गम तथा हिमाली जिल्लालाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको आयोगको बताएको छ ।

डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जस्ता दुर्गम जिल्लाका मतपत्र छपाइ सकिएको छ ।

यसैगरी दैलेख (१ र २), सुर्खेत (१ र २), रुकुमपश्चिम, बाजुरा, अछाम (१ र २), कैलाली–१, झापा–५ र सुनसरी–१ का मतपत्र पनि तयार भइसकेका छन् ।

त्यस्तै निर्वाचन अभ्यास तथा जनचेतनाका लागि नमुना मतपत्रसमेत व्यापक रूपमा वितरण गरिएको छ ।

आयोगका अनुसार १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ गरेर सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ । आयोगका अनुसार समानुपातिकतर्फ भने २ करोड ८ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

यस्तै बाँकी जिल्लाको छपाइ पनि निर्धारित समयभित्रै सम्पन्न गरेर निर्वाचन सामग्री समयमै पठाउने तयारी गरेको समेत निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्