सुनको भाउ घट्यो तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम
  • प्रमुख खबर

माघ १९, काठमाडौं ।।

सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्