अन्तर्राष्ट्रिय प्रभावले घरेलु बजार तात्यो, सुनचाँदी महँगिदै
  • प्रमुख खबर

माघ २५, काठमाडौं ।।
कारोबार हुने हप्ताको पहिलो दिन नै सुनचाँदी बजारमा अप्रत्याशित रूपमा फेरि आकासिएको छ ।

आइतबार (आज) सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार मात्रै २ लाख ९१ हजार रुपैयाँ मा कारोबार भएको सुन आज पुन: वृद्धि भएको हो। आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ ।

यस्तै चाँदी आज तोलामा ३ सय रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। शुक्रबार यसको मूल्य ४ हजार ७ सय १० रुपैयाँ मात्रै थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि, डलरको उतारचढाव र स्थानीय माग बढ्नुले पनि मूल्यमा घटबढ भइरहेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्