नेपाली कांग्रेसले प्रतिनिधिसभा चुनावको लागि “हाम्रो वडा हामी जिताउँछौँ”अभियान सुरु गर्दै
  • प्रमुख खबर

माघ २५, काठमाडौं ।।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले विशेष ‘२१ दिन अभियान’ सुरु गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आइतबार(आज) भएको भर्चुअल बैठकले चुनावलाई लक्षित गर्दै उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले पारित गरेको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका २०८२ को बुँदा नम्बर २१ अनुसार पार्टीका सबै सदस्य फागुन १ देखि २१ सम्म आफ्नो निश्चित जिम्मेवारीमा खटिने छन्।

निर्दिष्ट जिम्मेवारीबाहेकका पदाधिकारी र सदस्यहरूलाई आफ्नै क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने व्यवस्था गरिएको छ।

सबैभन्दा निर्देशनिकाको रोचक अंश भनेको उपसभापति विश्वप्रकाश शर्माले संयोजकत्व गर्ने निर्वाचन परिचालन समितिले एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर “हाम्रो वडा हामी जिताउँछौँ” भन्ने उद्घोषका साथ आ–आफ्नै वडामा खट्नुपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्