मौसम पूर्वनुमान : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
  • प्रमुख खबर

माघ २८, काठमाडौं।।
आज उच्च पहाडी र हिमाली एक/दुई क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै ठाउँका साथै उपत्यकाहरूमा हुस्सु लागेको छ । आज दिउँसोसम्म तराइका केही ठाउँमा हुस्सु कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा मौसम साधारणतया बदली रहनेछ भने बाँकी भागको सफा रहने अनुमान छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तराइ र काठमाण्डौ उपत्यकामा वायु प्रदूषण पनि कायमै रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्