रास्वपाका नेता प्रणयशम्शेर राणाले दिए पार्टीबाट राजीनामा
  • प्रमुख खबर

माघ २९, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र फेरि एकपटक हलचल देखिएको छ। काठमाडौंका नेता प्रणयशम्शेर राणाले बिहीबार(आज) आफ्नो जिम्मेवारीबाट राजीनामा दिँदै पार्टीसँगको सम्बन्ध टुंग्याएका छन्।

पार्टीमा आबद्ध भएपछि आफूले निरन्तर आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको पक्षमा आवाज उठाउँदै आएको तर केन्द्रिय नेतृत्व भने सीमित घेराभित्रै शक्ति संरचना निर्माणमा केन्द्रित भएको आरोप लगाएका छन्।

उनका अनुसार पार्टीभित्र बहस र विमर्शभन्दा ‘अनुकूल संरचना’ निर्माणलाई प्राथमिकता दिइएको छ। उनले पार्टीको प्राइमरी निर्वाचन प्रक्रियामा आर्थिक अपचलन भएको गम्भीर आरोप लगाउँदै त्यसबारे स्पष्ट छानबिन हुनुपर्ने बताएका छन्।

राजीनामा सार्वजनिक गर्दै उनले आफ्नो निर्णयबाट स्वदेश तथा विदेशमा रहेका संगठन, समर्थक र शुभेच्छुकहरूमा पर्न गएको असरप्रति क्षमायाचना गरेका छन्।

राणाको बहिर्गमनले रास्वपाभित्रको आन्तरिक व्यवस्थापन, निर्णय प्रक्रिया र पारदर्शितामाथि फेरि प्रश्न उठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्