प्रतिनिधिसभा चुनावका सम्पूर्ण मतपत्र छपाई सम्पन्न, अब जिल्लामा ढुवानी
  • प्रमुख खबर

फागुन ५, काठमाडौं ।।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी हिजाे बेलुकी सम्पन्न गरिएको जानकारी दिएका छन्।

प्रत्यक्षतर्फ २ करोड ३ लाख मतपत्र छपाइ कार्य हिजाे बेलुकी सम्पन्न भएको हो। मंगलबार (आज)देखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए।

४२ दिनको कार्यतालिका लिएर शुरू गरिएको छपाई ४० दिनमै सम्पन्न भएको हो। अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने आयोगले जनाएको छ ।

यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्