चुनावको माहोल बढ्दै, पोखरा जेसीजले ‘प्रत्यक्ष संवाद (ककस) कार्यक्रम गर्ने
  • प्रमुख खबर

फागुन ०६, पोखरा ।।

पोखरामा निर्वाचनको माहोल बढिरहेकै बेला जेसीआई पोखराले कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेद्वारहरु बिच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम गर्ने भएको छ ।

जेसीजको आयोजना यही फागुन ७ गते पोखरा सभागृहमा हुने ‘ककस –२०२६’ मा कास्की २ बाट उम्मेदवारी दिएका नेकपा एमालेका रश्मि आचार्य, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीका हेमराज थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ, उज्यालो पार्टी नेपालका कुशल गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ वक्ताका रुपमा हुनेछन् ।

यस्तै कास्की २ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना पनि संवादमा सहभागी हुने जेसिज पोखराका अध्यक्ष सुमन पहारीले जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् । कार्यक्रम एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ककसको आधिकारिक प्रसारणका लागी जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच मंगलबार पोखरामा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा जेसीज पोखराका तर्फबाट अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेको जेसिआई पोखरा महासचिव संजय पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्