आज सुनको मूल्यमा पुन:वृद्धि, एकैदिन ४ सय ३ सात रुपैयाँले बढ्यो
  • प्रमुख खबर

फागुन ७, काठमाडौं ।।
हिजो उल्लेख्य रूपमा घटेको सुनको मूल्य बिहीबार(आज) एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

हिजो मात्रै सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँमा झरेको थियो। तर, आजको तीव्र वृद्धिसँगै सुन पुनः उच्च विन्दुतर्फ उन्मुख भएको देखिन्छ।

त्यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य सुधार आएको छ। हिजो सामान्य गिरावट देखिएको चाँदी आज भने तोलामा १ सय ८० रुपैयाँले बढ्दै ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा सीमित भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव, विनिमय दरमा आएको परिवर्तन तथा लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुनचाँदीको मूल्यमा यस्तो उतारचढाव देखिएको जानकारहरू बताउँछन्।

पछिल्लो वृद्धिले सुनलाई पुनः नयाँ रेकर्ड नजिक पुर्‍याएको छ भने चाँदी पनि चम्किन थालेको संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्