फागुन ०८, काठमाडौं ।।
सशस्त्र प्रहरी बल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६०० भन्दा धेरै जनशक्ति खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिए । ‘भर्चुअल’ माध्यममार्फत उनले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमालिई खटिन निर्देशन दिएका हुन् ।












