फागुन १८, काठमाडौं ।।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको समय सोमबार(आज) मध्यरातदेखि सकिँदैछ ।
निर्वाचन आयोगले आज राति १२ देखि मौनअवधि सुरु हुने जनाएसंगै प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न समय पनि सकिने भएको हो।
विषेशगरी मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने आयोगले जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यदि मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने समेत बताएका छन् ।












