होण्डाको एक्सचेन्ज तथा फाइनान्स महोत्सव चैत ८ देखि संचालन
  • संजय थापा

चैत ६, पोखरा ।।
नेपाली बजारमा सर्वाधिक लोकप्रिय मानिएको होण्डा ब्राण्डको “एक्सचेन्ज तथा फाइनान्स महोत्सव” हुने भएको छ ।

होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कुँवर ब्रदर्स एण्ड सन्स प्रा.लि. ले यो महोत्सव आयोजना गर्ने भएको हो । महोत्सव चैत ८ देखि १३ गतेसम्म पोखराको सृजनाचोकमा संचालन हुनेछ ।

एकै ठाउँमा एक्सचेन्ज, फाइनान्स र नयाँ खरिदका सबै सुविधाहरू रहने भएकोले विशेषगरी नयाँ सवारी साधन चढ्न चाहने र पुराना बाइक साट्न खोज्ने ग्राहकहरूका लागि यो महोत्सव सुनौलो अवसर बन्ने आयोजकले जनाएको छ ।

यससँगै होण्डाले ग्राहकहरुको चाहाना र मागलाई मध्यनजर गर्दै र आफ्ना ग्राहकहरुलाई बि. एस. सिक्स. प्रबिधिमा अपग्रेड गर्ने उद्देश्यसहित पनि यो आयोजना गर्न लागेको हो ।

यस अवसरमा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल एक्सचेन्जमा नगद रु ६ हजार सम्मको अतिरिक्त मुल्याँकन, नयाँ बाइक वा स्कुटर खरिद गर्दा रु. ५ हजार सम्मको विशेष छुटसँगै सजिलो फाइनान्सको सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।

यस्तै होण्डाका ग्राहकहरूका लागि निःशुल्क बाइक चेकअप क्याम्प सञ्चालनका साथै महोत्सवमा सहभागीहरूका लागि विभिन्न आकर्षक उपहारको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।

होण्डा ब्राण्ड एक प्रतिष्ठीत अन्तराष्ट्रिय ब्राण्ड हो । यसका गुणस्तरीय प्रोडक्टको कारणले ग्राहाकहरुमा आफ्नो अमिट छाप प्रदान गरेको छ । जसको कारणले बिक्री पछिको रिसेल भ्यालु ,सर्वशुलभ स्पेयर्स पार्टस तथा गुणस्तरीय सर्भिस जस्ता सुबिधाले गर्दा नै आज बजारमा यसको बिक्रि अत्याधिक रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्