साफ यू–२० च्याम्पियनशिप खेलेर नेपाली टोली स्वदेश फर्कियो
  • प्रमुख खबर

चैत २२, काठमाडौं ।।

माल्दिभ्समा सम्पन्न २० वर्षमुनिको साफ च्याम्पियनशिपमा सहभागिता जनाएर नेपाली टोली आज स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपालले समूह चरणमा श्रीलङ्का र भूटानलाई हराएको थियो भने घरेलु टोली माल्दिभ्ससँग बराबरी खेलेको थियो ।

प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको थियो । फाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै बङ्गलादेश विजेता बनेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्