सुनको मूल्य घट्यो तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार
  • प्रमुख खबर

चैत्र २३, काठमाडौं ।।

केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो ।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्