सुनको मूल्य बढ्यो तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार
  • प्रमुख खबर

बैशाख ०६, काठमाडौं ।।

सुनको भाउ आज आईतबार तोलामा एक हजार २०० रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन आज तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ५ हजार २२५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ अस्ति शुक्रबार तोलाको पाँच हजार १३० रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्