काठमाडौँको ठमेलमा विदेशीमाथि कुटपिट र लुटपाट गर्ने तीन जना पक्राउ
  • प्रमुख खबर

वैशाख ७,काठमाडौँ।।

पर्यटकीय केन्द्र ठमेलमा एक विदेशी नागरिकमाथि कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सक्रिय भई उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भाइरल भिडियोमा तीन व्यक्तिले विदेशी नागरिकलाई घेरेर निर्घात कुटपिट गर्दै उनको सामान खोस्न खोजेको स्पष्ट देखिन्छ। उक्त दृश्य सार्वजनिक भएसँगै घटनाले व्यापक ध्यान तानेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भिडियोका आधारमा संलग्नहरूको पहिचान गरी पक्राउ गरिएको हो। हाल उनीहरूलाई प्रहरी वृत्त लैनचौरमा राखेर लुटपाट तथा कुटपिटसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ।

पर्यटकीय क्षेत्रमै यस्तो घटना हुनु गम्भीर विषय भएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। यस घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न खडा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्