पोखरा–२७ मा लागूऔषध कारोबारमा संलग्न युवक ३४५ एम्पुल लागूआउसाधसहित पक्राउ
  • प्रमुख खबर

वैशाख १६, पोखरा ।।
कास्की प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२७, रिठ्ठेपानी निवासी २९ वर्षीय भरत घिसिङ रहेका छन्।

प्रहरीले बैशाख १४ गते बेलुकी करिब ६:५० बजेको समयमा पोखरा–२७ तालचोकमा उनी सवार ग ७ प ७२४१ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा लागूऔषधसहित उनी पक्राउ परेका हुन्।

पक्राउ परेका घिसिङको साथबाट प्रहरीले डाईजेपाम १ सय १५ एम्पुल, फेनारगन १ सय १५ एम्पुल र ब्रुफिनुर्फिन १ सय १५ एम्पुल गरी जम्मा ३ सय ४५ एम्पुल लागू औषध बरामद गरेको छ ।

यस्तै नगद एक हजार रुपैयाँ र एक थान मोबाइल समेत प्रहरीलाई बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका उनलाई लागू औषध सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानका अघि बढाइएको छ।

त्यस्तै यस विषयलाई लिएर कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।

पछिल्लो समय कास्की प्रहरीले लागू औषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिने पनि जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्