सभामुखको सिफारिसपछि प्रतिनिधिसभाका सचिव राईको पद खोसियो
  • प्रमुख खबर

सभामुखको सिफारिसपछि प्रतिनिधिसभाका सचिव राईको पद खोसियो

बैशाख २९, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त गरेका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा मंगलबार(आज) राष्ट्रपति पौडेलले पदमुक्त गरेका हुन् ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पदमुक्त भएका राईलाई सभामुखले बैशाख १७ गते सङ्घीय संसद्का महासचिव र सचिवको सेवा सर्त र सुविधासम्बन्धी ऐनको दफा ६ को खण्ड (ङ) मा भएको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका थिए ।

उनले बैशाख २१ गते आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका थिए । तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते राई सचिव नियुक्तिका लागि सिफारिस भएका थिए ।

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्