बैशाख ३०, काठमाडौं ।।
आज देशका केही पहाडी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेश प्रदेशसहित बाँकी हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । तराईका एक/दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । हिमाली भागमा हिमपातको सम्भावना छ ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा अन्य हिमाली र पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले मेघ गर्जन, चट्याङ र हुरी बतासको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।











