जेठ १२, काठमाडौं ।।
युरोपेली संघ(ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र उच्चस्तरीय प्रतिनिधिमण्डलहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार(आज) ११:३० बजे छलफल गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज हुने उक्त भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहने बताइएको छ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।











