जेनजी आन्दोलनदेखि पुराना आन्दोलनसम्मका प्रतिवेदन एकमुष्ट अध्ययन गर्ने सरकारको निर्णय
  • प्रमुख खबर

Oplus_131072

जेठ १७, काठमाडौं ।।
सरकारले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू एकमुष्ट रुपमा अध्ययन गर्ने भएको छ ।

आइतबार(आज)प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे राखेको प्रश्नमा उनले भनेका छन्,‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन्, ती सबै प्रतिवेदनलाई एकमुष्ट रुपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारबाही त्यही हिसाबले गर्छ ।’

यस्तै उनले मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर विभिन्न कालखण्डमा भएका आन्दोलन,र्‍याली लगायतका धेरै प्रतिवेदनहरू भएकाले त्यसलाई पनि राम्रोसँग अध्ययन गर्ने बताएका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्