पोखरा महानगरले सार्वजनिक गर्यो खेत जोत्ने ट्याक्टरको भाडादर
  • प्रमुख खबर

जेठ १९,पोखरा।।

पोखरा महानगरपालिकाले किसानलाई सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले खेत जोत्न प्रयोग हुने ट्र्याक्टरको भाडादर निर्धारण गरेको छ। महानगरले जारी गरेको नयाँ दर अनुसार हाते ट्र्याक्टरको भाडा प्रति घण्टा रु. १,०२० तोकिएको छ भने ठूलो ट्र्याक्टरको भाडा प्रति घण्टा रु. ३,४०० निर्धारण गरिएको छ।

यस निर्णयले कृषकलाई मनपरी शुल्क तिर्नु पर्ने अवस्थाबाट बचाउने, कृषि कार्यलाई व्यवस्थित बनाउने तथा उत्पादन लागत नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, महानगरपालिकाले तोकिएको दरभन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन किसानलाई आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्