जेठ २०, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध गरेका छन् । बुधबार(आज)को राष्ट्रिय सभाको बैठक शुरु भएको केही समय मै विपक्षी सांसदहरुले विरोध जनाएका हुन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमाको विषयमा बोल्दै उनले भारतले मात्र होइन नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए।
देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर बिना कुनै अथ्ययन दिएको अभिव्यक्तिलाई लिएर उनीहरूले विरोध गर्दै आएका छन्। यही कारण यसअघिका दुई वटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो।










