जेठ २२, काठमाडौं ।।
नेपाल सरकारले पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्न जेठ १४ देखि २२ गतेसम्म आवेदन आह्वान गरेको थियो ।
सरकारले आह्वान गरेको उक्त आवेदनमा करिब ३ हजार जनाले राजदूत बन्ने आकांक्षासहित आवेदन दर्ता गराएका छन्।
मन्त्रालयका अनुसार सो आवेदन अनलाइन, इमेल र प्रत्यक्ष उपस्थितिमार्फत प्राप्त भएका हुन्। हाल ३४ देशमा नेपाली राजदूतावास रहेका छन् ।
ती मध्ये १७ देशमा राजनीतिक नियुक्तिमार्फत र १७ देशमा परराष्ट्र मन्त्रालयका कर्मचारी पठाउने गरिएको छ । जसमध्ये १७ देशमा राजदूत पद खाली छ ।
सरकारले हाल १३ देशको नाम नै तोकेर र अन्य देशमा समेत इच्छुक भएको खण्डमा ती देशको नाम उल्लेख गरेर समेत आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।
तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक नियुक्ति पाएका विभिन्न १० देशका राजदूतहरू फिर्ता बोलाएको थियो । पछि बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेको थियो । राजदूत पद खाली भएपछि सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो ।









