जेठ २९, काठमाडौं ।।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को आव्हानमा शुक्रबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले तीन मुख्य निर्णय सार्वजनिक गरेको छ ।
ती तीन मुख्य निर्णयहरूमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वको कार्यदलको म्याद एक महिना थप गर्ने निर्णय भएको छ ।
यस्तै दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग(रावल आयोग)को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने रहेको छ ।
अन्तिम निर्णयमा लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय भएको छ ।









