अषाढ २, काठमाडौं ।।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुना राखी अनुसन्धान गर्ने भएको छ।
विशेष अदालतले राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई मंगलबार(आज) ४ दिन थुनामा राखी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राख्न अनुमति दिएको स्रोतले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० दिन थुनामा राख्न अनुमति मागेकोमा अदालतले ४ दिन मात्र म्याद दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।
उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्न अनुमति दिएको लामिछानेले बताए ।










