अषाढ २६, काठमाडौं ।।
गणेश नेपालीको मृत्युलाई लिएर प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ ।
हिजो बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीहरुले शुक्रबार(आज) वीर अस्पताल परिसरमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
मृत्यु भएका नेपालीले आत्मदाह गर्नु अघि महानगर प्रहरीसँग विवाद भएको थियो । उक्त विवाद पश्चात उनले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए।त्यसपछि उनलाई तत्काल उपचारको लागि वीर अस्पताल लगिएकोमा उनको आज उपचारकै क्रममा मृत्यु भएको हो।









