गणेश नेपाली मृत्यु प्रकरणलाई लिएर सरकारले गठन गर्‍यो छानबिन समिति
  • प्रमुख खबर

Oplus_131072

अषाढ २६, काठमाडौं ।।
बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भएसँगै सरकारले यस प्रकरणलाई लिएर छानबिन समिति गठन भएको छ ।

गृहमन्त्री सुधन गुरुङले शुक्रबार(आज) यस प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् ।

गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना प्रहरीलाई नियन्त्रणमा लिएको समेत उनले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्