आज देशका केही ठाउँमा वर्षाको सम्भावना
  • प्रमुख खबर

असार ३१, काठमाडौं ।।

देशका धेरै ठाउँमा आज वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराइ भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको पहाडी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेकोमा यो क्रम भोलिसम्म पनि रहने महाशाखाले जनाएको छ ।

मौसमविद्ले ठूलो पानी पर्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । गएराति सिन्धुपाल्चोकमा सबैभन्दा धेरै वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्