आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
  • प्रमुख खबर

असार ३२, काठमाडौं ।।

आज सुनको भाउ सामान्य बढ्दा चाँदीको भाउ भने घटेको छ ।
सुन आज तोलामा ४०० रुपैयाँले बढेर दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ८४ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ९० रुपैयाँले घटेर चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो चार हजार ४१५ रुपैयाँ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्