व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
  • प्रमुख खबर

Oplus_131072

साउन १२, काठमाडौं ।।
जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार(आज)भएको सुनुवाइपछि गोल्छाविरुद्ध लगाइएका दुई फरक कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गर्दै रिहा गर्न आदेश दिएको हो।

अदालतका अनुसार बिमा सम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। दुवै कसुरको धरौटी रकम जोड्दा कुल एक करोड रुपैयाँ पुगेको छ। सो रकम बुझाएपछि उनी रिहा हुने भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्