भाद्र ०६, काठमाडौं ।।
आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
महाशाखाकाअनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज बिहान र गएराति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मध्यम वर्षा हुन सक्ने अनुमान छ ।
कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र गण्डकी प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।








