विपद् व्यवस्थापनमा छुट्टै संयन्त्र नबनाई सरकारलाई  सघाउने रास्वपाको निर्णय
  • प्रमुख खबर

Oplus_131072

भदौ १८, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई  सघाउने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहीबार(आज) केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

सो बैठकले समसामयिक परिस्थिति र विपद् व्यवस्थापनको विषयमा छलफल गर्दै सरकारको कामलाई अझै प्रभावकारी बनाउन मद्दत गर्ने निष्कर्ष समेत पार्टीले निकालेको छ।

बैठकमा रास्वापले पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने तयारी समेत गरिरहेको छ।

त्यस्तै उद्धार र तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना पनि पार्टीले बनाएको छ। यसैगरी आजको बैठकमा सभापतिबाट मनोनयन भएका पदाधिकारी तथा सचिवालय सदस्यहरूलाई पथ ग्रहण समेत गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्