भदौ २८, काठमाडौं ।।
चीनको बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङशन फोरममा सहभागी हुन प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । उनी औपचारिक भ्रमणका लागि आइतबार(आज)बिहान चीनतर्फ प्रस्थान गरेका हुन् ।
विषेशगरी सिग्देलको यस भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ ।
भ्रमणमा जानु अघि उनलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उनी असोजको ३ गते स्वदेश फर्कने छन् । उनको अनुपस्थितिमा अनुस्पाबलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।








